अभिनेता सलोन बस्नेतले दर्शक संग माफी मागेका छन । महानायकको परिभाषा के हो मलाइ थाहा छैन भनेर केही दीन अघि मिडियामा बोल्दा उनको निकै नै आलोचना भएको थियो ।  उक्त आलोचना सहन नसकेका सलोनले सामाजिक सन्जाल मार्फत दर्शक संग माफी मागेका हुन् ।

cine pati
सलोन लेख्छन्

माफ गरिदिनुस् नेपाली जनता । समय विडम्बनाको थियो म अलमलिएका थिए र बुझ्न सकिन।मेरो हुर्काइ यही ठाउँमा भयो। म तिनै इतिहासका मायामा बढ्दै गए। म बुझ्न सक्ने हुनु भन्दा अगाडी नै एक महान् व्यक्तिले "नेपालीबाबु" नामक सिनेमा मार्फत सिनेमा संसार बुझाई दिनु भयो। "कर्म" नामक सिनेमा मा काम गर्दा आफ्नो बुवा हुँदा हुँदै अर्का महान् हस्तिका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाको लागि गरिने त्याग र यसको महत्त्व बुझाए। जीवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर,ठूले, आशीर्वाद,हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबै भन्दा सफल अग्रझ व्यक्ति सँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न पाएँ । मेरो पीढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफू। मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर। मैले सोच्न सकिन, सायद यही हडबडाहटमा वोल्न पनि जानिन। मेरो अहम,मेरो गर्व , मेरो धर्म, मेरो कर्म सबै जहाँ सिके, त्यो मुहारलाई  १,  २   र  ३ गरेर छुट्याउनु मेरो हैसियत भन्दा धेरै माथिको कुरा लाग्यो। शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन। सबै सँग माफी माग्न चाहन्छु मेरो शब्दले असर पर्न गएकोमा। मैँले आज सम्म जीवनमा सिनेमा बाहेक केही सोच्न वा गर्न सकेको छैन। मेरो सत्य यही हो मलाई गलत नबनाई दिनु। माफ गर्दिनुस् नेपाली जनता ।