किरण गजमेर र अस्मिता अधिकारीको स्वरमा समावेश गीत ‘आकाशको जुन’ सार्वजनिक भएको छ l दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो निर्देशन दीपक श्रेष्ठले गरेका हुन् l भिडियोमा नायक पुष्प खड्का र मोडल रक्षा बुढाथोकीले रोमान्स गरेका छन् ।

अर्जुन जिसीको सम्पादन, सौरभ लामाको छायांकन रहेको गीतलाई ओे. एस्. आर डिजिटल नामक युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l फिल्म ‘घिन्ताङ’को छायांकनको काम सकेर निर्देशक दीपक श्रेष्ठले म्युजिक भिडियो निर्देशनलाई पनि अगाडि बढाएका हुन् l