ऋषिराज आचार्य निर्देशित चलचित्र ‘चुरिफुरी’को प्रदर्शन मिति आउँदो पौष ९ गते लाई तय गरिएको छ ।
चलचित्रमा अभिषेक श्रेष्ठ, रवीन्द्र झा, सुबोध गौतम, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ । राहुल राईले छायाङ्कन गरेको चलचित्रलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।