पछिल्लो समय गायिका समीक्षा अधिकारी र अभिनेता पल शाहलाई लिएर थुप्रै समचारहरु सम्प्रेषण भइरहेको छ । केही महिना देखी नै यी दुईको सम्बन्धलाई लिएर बजारमा चर्चा चल्न थालेको थियो । रंगिन क्षेत्र भित्रै मात्र चर्चामा रहेको उक्त सम्बन्ध  गत हप्ता रङ्ग पत्रकार प्रकाश सुवेदिले  आफ्नो कार्यक्रम मार्फत बोले पछि यस खबर दर्शक माझ पनि पुगेको थियो । प्रचारले राम्रै स्थान लिइसक्दा पनि पल र समीक्षाले भने यस बारे केही पनि बोलेका थिएनन्। जब प्रचारले सीमा पार गर्‍यो तब गायिका अधिकारीले उक्त कुराको स्पष्टीकरण दिएकी छिन् । सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिँदै सो खबरहरू भ्रामक रहेको उनको भनाइ छ । स्ट्याटस मार्फत के हो सत्य कुरा भन्दै अधिकारीले नालीबेली लेखेकी छिन् । 

cine pati
उनले लेखेको स्ट्याटस यस् प्रकारको छ : 

नमस्कार मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक श्रोता ज्युहरूमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरू आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जी को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरू मिडियामा आएका छन् जसले मेरो चरित्र हत्या  भएको छ। यसका साथ साथै पल जी को करिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन्। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफवाहमा लेखिएका यी समाचार ले हामीलाई सामाजिक र चारित्रिक रूपमा निकै नै असर पुराएको छ यस  कुरा प्रति म र मेरो परिवार  खेद प्रकट गर्दछौ । एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जी ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाँको सदैव फ्यान पनि हु। र हामीबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल  साथमा काम गरिरहेको छौ र हजुरहरूको माया रहेसम्म सधैँ राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन । म जे छु जहा छु यो सब मेरा भगवान् रुपी दर्शक श्रोता को देन हो र  हजुरहरूलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मिडियामा आएका झुटा  समाचार हरू प्रति घोर  निन्दा गर्दछु र हजुरहरू यसको पछाडि नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पूर्ण पत्रकार ज्युहरू लाई पनि हार्दिक निवेदन गर्न चाहन्छु कसैको व्यक्तिगत जीवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला l सबैलाई धेरै धेरै माया धन्यवाद।