अभिनेता पल शाहले गायिका समीक्षा अधिकारी सँग आफ्नो नाम जोडेर भ्रामक प्रचार गरेको भन्दै आपत्तिजनक जनाएका छन् l केही समय देखी पल र समीक्षाको सम्बन्ध बारे थुप्रै गसिपहरु बनेका छन् l उक्त गसिप बारे गायिका अधिकारीले भने सामाजिक सञ्जाल मार्फत आफ्नो स्पष्टीकरण दिइसकेकी छिन l उक्त स्पष्टीकरणमा पनि उनले संचारकर्मीहरुनै झुटो रहेको अभिव्यक्ति दिएकी छिन् l  साथै अभिनेता पलले पनि सामाजिक सञ्जाल मार्फत गायिका अधिकारीकै बोली बोलेका छन् l उनले पनि स्ट्याटस मार्फत समीक्षा सँग जोडिएर सम्प्रेषण भएका समाचार झुटो रहेको उनको ठम्याइ छ l 

 

Cine pati
सञ्जालमा पल लेख्छन् :  

नमस्कार

देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक श्रोता ज्युहरूमा हार्दिक सम्मान अनि धेरै माया। विगत केही दिन देखी मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचार बाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दीर्घ नै दुखी बनेको महसुस हामीले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्ती समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेसा र बिधाका कारण म धेरै मान्छेहरू सँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरू कलाकारहरू सँग जस्तै र अरूले जस्तै साङ्गितिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरूलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्तिगत जीवन माथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुखी बनाएको छ। यसरी कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मी ज्युहरूलाई हार्दिक अनुरोध गर्दछु।मैले सधैँ दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्दछु।गायिका समीक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानाम शीर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।धन्यवाद

- हजुरहरूको पल शाह