गायक यम बरालको स्वरमा रहेको गीत ‘खुसीको गीत’को भिडियो इन्टरनेट रिलिज गरिएको छ l  वीरेन्द्रकुमार बलामीको शब्द, राजकुमार बगरको संगीत र मिक्सिङ तथा कमल सौरागको एरेञ्ज रहेको गीतको भिडियो बुढासुब्बा डिजिटल युट्युबमार्फत रिलिज गरिएको हो ।

सञ्चारकर्मी कुमार आचार्यको निर्देशन रहेको भिडियोमा रमेश क्षेत्री, रितिष्का क्षेत्री र अनामिका कार्कीको अभिनय रहेको छ । भिडियोमा विनयराज पौडेलको  अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईँको डीओपी र विशाल बिसीको सम्पादन भिडियोमा समावेश छ l