बलिउड अभिनेता सुनिल शेट्टीनेपाले फिल्म 'एक्स ९' गर्ने पक्का भएको छ l निर्माण टिमले शेट्टी सँग सम्झौता गर्दै फिल्ममा खेल्ने पक्का भएको जानकारी गराएका हुन् l  मुकुन्द सुनिलसँग सम्झौता गर्नका लागि केही साता अगाडि भारत पुगेका थिए । सुनिलले दिने १२ दिन मध्ये ६ दिन नेपाल र ६ दिन स्कटल्यान्डमा छायांकन हुनेछ, मुकुन्दको भनाई छ । फिल्ममा उनी भिलेनको भूमिकामा हुनेछन् । फिल्मको केही दिनमै टिजर समेत सार्वजनिक गरिनेछ । सुटिङ फेब्रुअरीबाट सुरु हुनेछ ।