गायक केतन क्षेत्रीको स्वरमा समावेश ‘परदेशी आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द रहेको गीतमा सुवास भुसालको संगीत छ । यो गीतको भिडियोमा नायक विपिन कार्कीले अभिनय गरेका छन् ।
वेन्द्र नेपालको निर्देशनमा तयार भएको भिडियोमा विपिन कार्की, कविता न्यौपाने, सुर वीर पण्डित, शर्मिला शर्माको अभिनय छ । दीपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन छ ।