'पूर्वाञ्चल लिटिल स्टार' तेश्रो संस्करण पुन सुरु हुने भएको छ । पहिलो अडिसन सक्काएर दोश्रो अडिसनको तयारीमा आयोजक टिमहरू जुटेका छन् l इटहरीमा पुर्वलाईन मिलन चोकमा अवस्थित पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनको सभा हलमा अडिसन हुँदै छ । यस्तै धरानमा महेन्द्र पथमा अवस्थित मुनाल सांस्कृतिक कला केन्द्रको सभा हल, विराटनगरमा जलजला चोकमा अवस्थित डेजल म्युजिक एन्ड फिटनेसको सभा हल र बिर्तामोडमा भद्रपुर रोडको अन्नपूर्ण चोकमा अवस्थित साइ प्यालेसमा अडिसनको तय गरिएको हो । तेश्रो संस्करणको अडिसन यही कार्तिक १३ गते हुँदै छ । ४ ओटै ठाउँमा एकै दिन अडिसन हुन लागेको हो l सम्पूर्ण ठाउँमा १२ बजेर ३० मिनेट देखि ४ बजेसम्म अडिसन हुनेछ भने विस्तृत बुझ्नको लागि ९८११३५९८४७ नम्बरमा सम्पर्क गर्न सकिनेछ । पूर्वाञ्चल लिटिल स्टार तेश्रो संस्करणलाई राठी केबलले मुख्य प्रायोजन गरेको हो । संस्करणको सेमिफिनाले भने प्रदेश १ को ४ ठाउँमा हुने छ । जहाँबाट छानिएका उत्कृष्टलाई फ़ाईनल प्रतिस्पर्धामा लगिने छ । ४ ठाउँबाटै छानिएका उत्कृष्ट प्रतिस्पर्धीबाट एक बृहत् कार्यक्रमको आयोजना गरी पूर्वाञ्चल लिटिल स्टार तेश्रो संस्करणको विजेता घोषणा गरिने आयोजकले जनाएका छन् । विजेताले ५१ हजार नगद पुरस्कार वा २ लाख बराबरको म्युजिक एल्बमको मौका पाउने छन् । त्यस्तै प्याजेण्टमा सहभागी सम्पूर्णले हिन्दि गीतको अफ़िसियल म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने छन् । यस्तै यही आयोजक कम्पनी साईमन फिल्म्स एन्ड इण्टरटेन्मेण्टले विग बजेटमा निर्माण गर्न लागेको फिल्म 'प्रधान द लिडर'मा समेत शोका सम्पूर्ण सहभागीले मौका पाउने छन् । जुन फिल्म नेपाली, हिन्दि, राजवंशी र भोजपुरी गरी ४ भाषामा तयार हुँदै छन् । यस फिल्मका लागि नेपाली अभिनेता सौगात मल्ललाई आयोजकले अनुबन्ध गर्ने तयारी गरेको छ भने बलिउडका वरिष्ठ अन्नु कपुर लगायतका कलाकारहरूको समेत अभिनय रहने आयोजकले जनाएको छ ।