नेपाल आइडलमा टप ४ मा पुगेका प्रतिस्पर्धी निशान भट्टरार्इकाे नयाँ गीत सार्वजनिक भएको छ । ‘कतै मिलन...’ बोलको गीतको अडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको छ ।

 

म्युजिक जोय मिडियाले युट्युमा राखेको उक्त गीत सोमबार सार्वजनिक गरेसँगै ११ हजार बढिले हेरिसकेका छन् । चर्चाको शिखरमा रहेको चर्चित रियालिटी सो नेपाल आइडलमा निशान हाल टप ४ मा पुगेका छन् । केही दिनपछि कतारमा नेपाल आइडलको फाइनल हुदै छ ।