रियालिटी सो 'कमेडी च्याम्पियन २' का विजेता भरत मणि पौडेलले युवराज पारस शाह सँग भेट्न पाउँदा खुसी भएको अनुभूति गरेका छन् l पारस सँग तस्बिर खिचाउँदै शाहको ठुलो प्रशंसक भएको अभिव्यक्ति आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका छन् भरतले l रियालिटी सो मा पारसको नक्कल गरेपछि उनको चर्चा चुलिएको थियो l यसो त भरतले पनि पारस सँग भेटेर उनको अगाडी नक्कल गर्ने इछ्या रहेको बारम्बार मिडिया समक्ष आफ्नो भनाइ राख्ने गरेका थिए l साथै दर्शकले पनि उनलाई पारस सँग एउटै फ्रेममा देख्ने चाहना पनि गरेका थिए l दर्शकको साथै आफ्नो चाहना पनि पुरा भएको भन्दै तस्बिर राखी पारसको क्याप्सन मार्फत प्रशंसा पनि गरेका छन् l भरत लेख्छन्:नमस्ते ! एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग भेटघाट गर्ने अवसर मिल्यो , उहाँलाइ भेट्न म र सुमन कोइराला दरबार मार्गको शेर्पा मलमा गएका थियौ, लगभग १ घण्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाँको शुभचिन्तक थिए भेटघाट पछि झन् ठुलो प्रशंसक भए , साच्चैनै भन्ने नै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद ।