अहिले यती बेला जता ततै एउटै गीत गुन्जी रहेको छ 'कालो केशमा रेलिमाई' l गत हप्ता ओे एस् आर डिजिटल युट्युब च्यानल मार्फत रिलिज गरीएको यस् गीतमा गायक दिनेश ढकालको आवाज , शब्द तथा संगित समावेश छ l सरल शब्द । नेपाली गाउँघरकै बोलीचालीको भाषा । त्यसमाथि मौलिकता र पश्चिमेली लवजमा तयार पारीएको यस् गीतको म्युजिक भिडियोमा मोडल अल्का सुवेदी र राजन न्यौपानेले अभिनय गरेका छन् l हाल सम्म यस् गीतको भिडियोलाई २१ लाख माथि दर्शकले हेरेका छन् भने कमेन्टमा पनि सबै सकारात्मक प्रतिकृयाहरु छन् l यि नै कालो केशमा रेलिमाई टिम सँग सिनेपाटीले गरेको अन्तररङग कुराहरु सथै उक्त टिमको खिचिएको केही तस्विरहरु: