फिल्म ‘चुरीफुरी’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ‘ओइ ओइ पियारी’ बोलको गीत सार्वजनिक गरिएको हो l गीतमा बेनिशा पौडेल र समीर आचार्यले आवाज भरेका छन् । ऋषिराज आचार्यको निर्देशन तथा निर्माणमा तयार भएको भिडियोमा फिल्मका कलाकारहरू अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजीव जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, लक्ष्मी ढकाल, रवीन्द्र झा, सुरवीर पण्डित लगायतले नृत्य गरेका छन् ।
राहुले राईको छायांकन रहेको फिल्ममा नवीन निरौलाको सम्पादन छ । सोसल कमेडी जनरामा निर्माण भएको ‘चुरीफुरी’ को कथा, पटकथा र संवाद निर्देशक आचार्य स्वयंले तयार पारेका हुन् । आउँदो पुस ९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।