रविन बर्तौला र विन्दु परियारको स्वरमा रहेको गीत ‘माया लाउनै जानिनँ’ बोलको म्युजिक भिडियो इन्टरनेट रिलिज गरिएको छ l गायक बर्तौलाकै शब्द र संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको छ l भिडियोमा सुधीर श्रेष्ठ र बिना राउत फिचर्ड छन् ।
भिडियोमा बाबु श्रेष्ठको छायांकन, अच्युत बजगाईको सम्पादन छ । सार्वजनिक भिडियोलाई युट्युब च्यानल हाइलाइट्स नेपाल मार्फत हेर्न सकिने छ l