'मार्सी बियर मिस टुरिजम ब्युटी अफ नेपाल-२०२१' को ताज आयुषा बस्नेतले हासिल गरेकी छिन् l सोमबार भएको फाइनल प्रतिस्पर्धामा आयुषा बस्नेतले विजेताको ताज पहिरिन सफल भएकी हुन् । ताज सहित रु १ लाख नगद धन राशि प्राप्त गरेकी छिन् । पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य सहित साहारा ईन्टरटेन्मेन्टको आयोजना गरेको यस कार्यक्रममा फर्स्ट रनर अप भावना खनाल र सेकेन्ड रनर अप सबिना पोदार बनेका छन् l धरानमा सञ्चालनमा आएको नयाँ बराह डिपार्टमेन्टको भवनमा फाइनल कार्यक्रम आयोजना गरिएको थियो । उक्त ब्युटी प्याजेन्टलाई गीता एभियसनको प्रस्तुतिमा सोफ्टीद्वारा संचालन गरिएको हो भने सौर्य एयरलाइन्सको सहयोगमा बराह ग्रुपले ल्याएको हो । प्याजेन्टमा निर्णायकको रूपमा अरुण प्रधान, नवीन मेन्याङ्बो, चन्द्रिका मोते नेहा बजाज, डा.एनएल राजवंशी, डोरेन्द्र लाल दाहाल, पवन अधिकारी, सुरेश राई रहेका थिए भने प्रमुख निर्णायकमा क्याप्टेन अनुप थापा रहेका थिए । प्रतिष्पर्धीहरुलाई विभिन्न तालिमहरू गराइएको थियो भने मिस लुमियर इन्टरनेसनल वर्ल्डमा मिस ग्ल्यामर अवार्ड जित्न सफल भएकी तथा मिस पुर्वान्चल २०१७ कि फर्स्ट रनर अप सिम्रन श्रेष्ठले कोरियोग्राफी गराएकी थिइन् । साथै मार्सी मिस क्विन अफ पिपुल च्वाइस, रैन्किड मिस फ्रेन्ड्सिप र ईडन मिस वेस्ट क्याटवाकको सब टाइटल तृषा लिम्बुले हात पार्दा सुप्रीया राईले मेटस मिस लेडि अफ ब्रीलियन्सी, निलम श्रेष्ठले बराह मिस चार्मिङ, एलिना राईले सौर्य मिस पर्सनालिटी र तेजमाया तामाङले अजोड मिस ग्यालमरस लुकको अवार्ड हात पारे l विजेता तथा उप-विजेताहरू सबैले गीता एभिएसनबाट एयर होस्टेजको निःशुल्क तालिम समेत प्राप्त गरेका छन् ।