फिल्मको आधा भाग खिचिएता पनि कलाकारको अभाव र कथा सँग मिल्दो जुल्दो कोही नभेटिए पछि ‘गोर्खा वारियर–२’ ले पुनः अडिसन सुरु गरेको छ l गत आइतबार बाट निर्माण टिमले अडिसन सुरु गरेका हुन् l टिमले फिल्मका विभिन्न भूमिकाका लागि लगभग डेढ सय जनाको अडिसन लिएको हो । एकै दिन डेढ सयको अडिसन लिएको र अरू केही छुटेकाले उनीहरूको केही दिनमा अडिसन लिने तयारी भएको निर्माण टिमको भनाई छ। साथै फिल्मका लागि २ देखि ३ जना सशक्त भूमिकाको लागि कलाकार आवश्यक परेको र सोही अनुसार अडिसन लिइएको निर्माण टिमको भनाई छ। निर्देशक मिलन चाम्सको निर्देशन रहेको यस फिल्मको लागि लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो l नेपालसहित मलेसिया र बेलायतमा छायांकन हुने फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले लगायतको अभिनय रहेको छ l फिल्ममा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ।