कोरोना र लकडाउनका कारण थिलो थिलो भएको नाट्य क्षेत्रलाई बिस्तारै सहज बनाउनका लागि, गाउँ गाउँमा रङ्गमन्च भन्ने नाराका साथ केही रङ्गकर्मीहरुलाइ साथमा लिएर कलाकार तथा निर्देशक ठण्ड बहादुर अधिकारी (सास )ले देशका विभिन्न स्थानहरूमा नाटक मञ्चन गर्ने जमर्को गरेका छन् । "नाटकमा पुराना खारिएका रङ्गकर्मी प्रह्लाद खरेल,विश्वमणि घिमिरे लगायत विगत एक दशक लामो समय देखि रङ्गमञ्चमा सक्रिय मञ्जु गिरि , शान्ति भट्टराई,शशी शेखर बुढाथोकी , अशोक पहरी र भर्खर नाट्य क्षेत्रमा प्रशिक्षण लिएर आएका प्रीति भुजेल,पूर्णिमा थामी, रुपा साहीहरूको अभिनय रहेको निर्देशक ठण्ड बहादुर अधिकारी ( सास) ले हामीलाई जानकारी दिए । सुरु वातको चरणमा हामी तीन नाटक भाउजूको व्यथा,आरुवारिको फुल,नाङ्गो बस्ती ललितपुर,भक्तपुर र काभ्रेका विभिन्न स्थानमा मञ्चन गर्नेछौ । त्यस्पछी तिहार लगत्तै अरू नाटकको तयारी गरेर नेपालका विभिन्न जिल्लाहरूमा नाटक मञ्चन गरिने लेखक तथा निर्देशक विश्वमणि घिमिरेले बताए । नाटक नाङ्गो बस्ती रङ्गकर्मी प्रह्लाद खरेल ले लेखेका छन् भने आरु बारिको फुलका लेखक साहित्यकार भीष्म राज फुलारा हुन । "अझै पनि दर्शकहरू हलमा आएर नाटक हेर्न डराइ रहेका छन् ।त्यसैले गाउँ गाउँमा रङ्गमन्च अभियानले फेरि दर्शकलाई नाटक हेर्न बानी पार्नेछ र नाट्य क्षेत्र चलायमान हुने छ ।" रङ्गकर्मी प्रह्लाद खरेल बताउँछन् ।