पछिल्लो समय नेपालमा कफी कल्चर बढे सँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ l यस सँगै कफी पारखीहरूलाई मध्य नजर गर्दै छुटै परिचय बनाउन सफल रेड मड कफी नामक सपले विराटनगरमा १० औ आउट लेटको विस्तार गरेको छ l सन् २०१२ बाट थापाथली बाट सुरुवात भएको रेडमड मनाङ देखी पश्चिममा धनगढी हुँदै पूर्व विराटनगर सम्म आफ्नो सेवा प्रदान गर्न सफल भएको छ l अहिले काठमान्डौको नयाँ बानेस्वर , दरबारमार्ग,डिल्लीबजार, एकान्तकुना,गैरिधारा, झ्याम्सिखेल ,थापाथलीमा रेडमडक्याफे सञ्चालनमा आइरहेको छ l यस सँगै रेड मड कफीले अब चाडै नै अन्य ठाउँमा पनि आउट लेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईँले बताएका छन् l साथै उक्त सप सँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजको लागि कार्यालयमा सम्पर्क गर्न सक्ने पनि सञ्चालक हुमागाईँले बताएका छन् l विशेष गरी कफी पारखिकालागी शान्त वातावरणमा साथी भाइ सँग जमघट अथवा कुनै पनि अफिसियल मिटिङका लागि उचित स्थान भएकोले पनि रेड मड कफी युवा पुस्तामाझ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ l