डान्सर सुशान्त खत्री नेपाल प्रहरी सँग रुष्ट बनेका छन् l ठमेल स्थित सेनाइट क्लबमा रमाइलो गरेर निस्किने क्रममा  प्रहरीले उनी माथि हातपात गरेको हो l उक्त कुरा सुशान्तले आफ्नो सामाजिक सञ्जाल लाइभ मार्फत व्यक्त गरेका हुन् l आफूलाई प्रहरीलेले बिना गल्ती झापड र अपमान गरेको भन्दै उनले चित्त दुखाएका छन् l कयौँ वर्ष अरूको देशमा दुख गरेर आफ्नो देशको नाम राख्दा पनि देशको गरिमामय पदमा रहेका व्यक्तित्वहरूले आफ्नो अपमान गरी कस्टडीमा १ घण्टा राखेको भन्दै उनले लाइभमा गुनासो पोखी रोएका छन् l साथै उनले बिना गल्ती हात हाल्न कसैलाई पनि अधिकार नरहेको बताउँछन् l थप् उनले नेपाल प्रहरीहरूलाई आफूहरूले आदर दिएको छ भने नेपाल प्रहरीले पनि आमनागरीकलाई आदर गर्नु पर्ने सुशान्तले अभिव्यक्ति दिएका छन् l सम्झाएर हुने ठाउँमा हातै हाल्ने पुलिसले आफ्नो गल्ती नस्विकारे आफू कानुनी रूपमा अघि बढ्ने सुशान्त बताउँछन् l