गायक हिमाल सागर र गायिका समिक्षा अधिकारीको स्वर, दीपक प्रसाद वलीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘मायाले मायाले’ बोेलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

 

संगीतकार अर्जुन पोखरेलले यो गीतलाई लोक शैलीको डान्सर नम्बर भनेका छन् । गीतमा नायक पल शाह, नायिका पुजा शर्मा र कलाकार जितु नेपालको अभिनय छ ।

 

विधान कार्कीले निर्देशन गरेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, माधव शर्माको एसोसियट निर्देशन रहेको छ ।

 

कार्यक्रममा बोल्दै कलाकार जितु नेपालले आफूले म्युजिक भिडियोमा काम नगरेपनि गीत र भिडियोको कथा सुनेपछि काम गर्न उत्साहित भएको बताए । यस्तै, नायिका पुजा शर्माले एउटा राम्रो गीतमा राम्रो टिमसँग टिमअप गरेको सुनाइन् ।