फिल्म ‘म राजेश हमाल’को छायाङ्कन समापन भएको  छ । लगभग ५० दिनमा फिल्मको इन्ड क्ल्याप गरिएको हो l पोखरा ,धनगढी लगायत नेपालका केही जिल्लामा सुट गरिएको फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् l सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती लगायत कलाकारहरूको अभिनय रहेको फिल्म भने महानायक बायोग्राफी मा निर्माण भएको भने हैन l निर्देशक योञ्जनको कथा र शायद कार्कीको पटकथा रहेको फिल्ममा अनुज हमाल कार्यकारी निर्माताको रूपमा रहेका छन् l आलोक शुक्लाको छायाङ्कन र भीम विश्वकर्माको सम्पादन फिल्ममा समावेश छ l राजेश हमालको नाममा पहिलो पटक फिल्म बनेको भने होइन । यसअघि २०११ मा ‘मेरो राजेश दाइ’ नाममा फिल्म बनेको थियो ।