अमेरिकामा निर्माण भएको चलचित्र ‘ओभर डोज’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्र आउँदो मंसिर १७ गते रिलिज हुनेछ ।

सुमन पौडेलले निर्देशन गरेको चलचित्रमा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदिक्षा कार्की, डुएन टर्नर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा .लिको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा जिवन कुमार केसीको लगानी छ । गुच्ची भाईले छायांकन गरेको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका छन् । उपेन्द्र पन्जियार र जुनियर मोरेनोले चलचित्रको कथा तयार पारेका हुन् । चलचित्रलाई जि .जि ग्रूपले उपत्यका र एफडि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।