हरर चलचित्र ‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोरले थ्रिल गराउन सफल छ । पृष्ठभुमिमा एक महिलाको चर्को र डरलाग्दो आवाज पनि सुन्न सकिन्छ । मोशन पोस्टरले दर्शकलाई चलचित्रप्रति थप कौतुहलता जगाउने अपेक्षा गरिएको छ ।

गत महिना मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन । भिमसेन लामाले निर्देशन गरेको यस चलचित्रलाई पुस–माघसम्म प्रदर्शन गर्ने तयारी गरिएको निर्माता पृथ्वी राना मगरले बताए ।

पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’को पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको हो ।