कोरोनाका कारण शिथिल भएको नेपाली चलचित्र बजार अब भने केही चलायमान बन्ने देखिएको छ । हिन्दी चलचित्र ‘सूर्यवंशी’को सुखद व्यापारपछि नेपाली निर्माताहरूमा मनोबल थपिएको देखिन्छ ।

फलस्वरूप चलचित्र ‘चपली हाइट–३’को प्रदर्शन मिति तय गरिएको छ । ‘चपली हाइट–३’ अब पुस २ गते प्रदर्शन हुनेछ । 

निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो ।