नायक अनुप विक्रम शाही र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘पुरानो बुलेट’ युट्युबमा सार्वजनिक भएको छ ।
भीषण राईको निर्देशन रहेको चलचित्रमा अनुप र वर्षाको अलावा माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, शिरोमणी दवाडी, बादल श्रेष्ठ, करण धिताल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा कथा तथा पटकथा निर्देशक भिषणसँगै सन्तोष राईको रहेको छ । यो चलचित्रमा छायाँकन हलि घलेको रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ ।
चलचित्रलाई अशोक कुमार राई, टिकाराम राई, बिरेन साम्बा, दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् ।