नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’ आउँदो वर्षको वैशाखमा रिलिज हुने भएको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । 

शिक्षक बन्न सङ्घर्ष गर्ने एक युवाको कथा बोल्ने चलचित्रमा प्रदीप खड्काको साथमा रेनु योगीको मुख्य भूमिका रहेको छ । चलचित्रमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् ।

राजेश श्रेष्ठले छायाङ्कन गरेको चलचित्रलाई जीवन थापाले सम्पादन गरेका छन् । चलचित्रमा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको सङ्गीत रहेको छ। चलचित्रको छायाङ्कन जुम्लामा गरिएको हो ।