फिल्म ‘सत्यंम’ मा अभिनेता राजेश हमालले नयाँ नायिका सँग रोमान्स गर्ने भएका छन् l भिजे तथा मोडल समेत रहेकी निलम चन्द सँग हमालले अनस्क्रिन रोमान्स गर्ने भएका हुन् l निलम कान्तिपुर टेलिभिजनमा कल कान्तिपुर कार्यक्रमकी होस्टसमेत हुन् । मुस्ताङ र पोखरामा खिचिने फिल्मलाई रेसम सापकोटाले निर्माण गर्नेछन् भने निर्देशन शंकर कार्की नेपालको रहने छ l फिल्ममा पल शाह , मलिका महत, अनुप विक्रम शाही , लगायत कलाकारहरूको अभिनय रहने छ l