फिल्म ‘कबड्डी ४’ को छायांकन यती बेला धमाधम भइरहेको छ l मुस्ताङको रमणीय स्थानमा भइरहेको छायांकनको यती बेला ५० प्रतिशत सुट समापन भएको छ l यो नै फिल्मको चौथो शृङ्खला रहेको छ l फिल्मको छायांकन कोवाङ र लार्जुङमा भइरहेको छ l फिल्ममा नायक दयाहाङ राईको साथमा कलाकारद्वय बुद्धि तामाङ ,विजय बराल लगायतको अभिनय रहेको छ l साथै फिल्ममा नायिका मिरुना मगरको समेत मुख्य भूमिका छिन् l राम बाबु गुरुङको निर्देशन यस अघिका तिनै वटा शृङ्खलाले बक्स अफिसमा बम्पर ओपनिङ गरेको थियो l