गायिका मिलन नेवार पछिल्लो समय निकै चर्चामा रहेको नाम हो । लामो समयबाट संगीत क्षेत्रमा रहेकी मिलनको आवाजमा रहेको नयाँ गीत 'ऐना सार्वजनिक भएको छ। गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ।
राजेश पूमा राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा मिलन स्वयम् फिचर रहेकी छिन् । भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।