चलचित्र ‘रानी’को टिजर सार्वजनिक भएको छ । मंगलबार युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरिएको हो । पुर्व मिस नेपाल मलिना जोशी र अनुप बिक्रम शाहीको मुख्य भुमिका रहेको ‘रानी’को टिजरमा अनुपलाई प्रहरीको भुमिकामा देखाइएको छ भने त्रिकाणात्मक प्रेम कथामा आधारित चलचित्र रहेको टिजरबाट थाहा पाउन सकिन्छ ।
दयाराम दाहालको निर्देशन रहेको चलचित्रमा कथा यम थापाको रहेको छ । चलचित्रलाई बिमल मान गुभाजुले निर्माण गरेका हुन् । रानीमा अनुप र मलिनाको साथमा सरुक ताम्राकार, मनिष सुन्दर श्रेष्ठ, सुसान खड्काको मुख्य भुमिका रहेको छ ।