'अभिनेता निखिल उप्रेतीले निजगढमा अभिनय प्रशिक्षण दिने भएका छन् । १ मंसिरदेखि ७ गतेसम्म बाराको निजगढमा आयोजना हुने उक्त अभिनय कार्यशालामा निखिल सँगै अर्का अभिनेता अनुप बरालले पनि प्रशिक्षण दिने छन् l निजगढस्थित तारा इन होटलमा एक हप्तासम्म यो कार्यक्रम सञ्चालन हुनेछ । पछिल्लो समय युवा पुस्तामा फिल्मको क्रेज बढे सँगै चलचित्र विकास बोर्डको आयोजना र चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्डको सह–आयोजनामा उक्त कार्यशालालाई अघि ल्याइएको हो l प्रशिक्षणमा सर्लाही, रौतहट, बारा र पर्साका व्यक्तिहरूको सहभागिता रहनेछ lयुवराज लामाको प्रस्ताव यो कार्यक्रम हुन लागेको हो । लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एन्ड मार्केटिङ लगायतका विधामा प्रशिक्षण गराइने कार्यक्रममा युवराज लामाले फिल्म प्रोडक्सन, दयाराम दाहालले निर्देशन, सन्तोष श्रेष्ठले मिडिया एन्ड मार्केटिङ, रक्षा सिंह राणाले सम्पादन, जनक दीप पराजुलीले मार्केटिङ एन्ड ड्रिष्ट्रिब्यूशन, सामीप्य तिमल्सिनाले स्क्रिप्ट लेखन र पुरुषोत्तम प्रधानले छायांकनबारे प्रशिक्षण दिनेछन् ।