गायक सुनिल गिरीको आवाजमा 'हाम्रो सम्बन्ध' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली)को शब्द सृजना समावेश छन् । सार्वजनिक गीतको एरेन्ज रोमन बज्राचार्यले गरेका हुन् ।अस्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट, लगायतका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको गीतमा करण गुरुङ र हिलारी रावलको अभिनय रहेको छ ।
त्यस्तै भिडियोमा करण र हिलारीलाई विक्रम भण्डारी, स्माइली श्रेष्ठ, किशोरी विष्टले अभिनयमा साथ दिएका छन् l निर्देशक सुदिप विष्टको छायाङ्कन, सम्पादन, कलरिगं भिडियोमा समावेश छ । किरण मगरको कोरियोग्राफी रहेको भिडियोमा कञ्चन कार्कीको मेकअप रहेको छ । भिडियो गायक गिरीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।