आगामी रियालिटी सो 'डान्स मास्टर लिटल च्याम्प्स' को ट्रेलर सार्वजनिक गरिएको छ l युट्युब च्यानल ओ एस् आर मार्फत ट्रेलर सार्वजनिक गरिएको हो l कमेडी शैलीमा निर्माण गरिएको सो ट्रेलरमा रियालिटीका होस्ट अर्थात् कमेडी च्याम्पियनका प्रतिस्पर्धी सुमन कोइरालालाई फिचर्ड गरिएको छ l
कार्यक्रम सह निर्माणमा थ्री प्रोडक्सन र नेपा प्रोडक्सन रहेका छन् l कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यस सोका विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन्। त्यस्तै फस्ट रनर्सअपले १५ लाख र सेकेन्ड रनर्सअपले १० लाख रुपैयाँ पाउने छन्। पुरस्कार रकमको ५० प्रतिशत कोरियोग्राफरको हुनेछ।