नायिका एलिजा गौतम नयाँ फिल्ममा अनुबन्धित भएकी छिन्। केही समय अघि घिन्ताङ' छोडे सँगै खाली रहेकी उनले आगामी फिल्म ‘घुइँचो’ मा अनुबन्धित भएकी हुन् l दोश्रो फिल्ममा अनुबन्धित भएकी एलिजाको उक्त फिल्मलाई आरजे म्युजिक एन्ड मिडियाको ब्यानरमा बनाउन लागिएको हो l फिल्मले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा बोल्ने छ l फिल्मको कथा मन परेर नै आफू अभिनय गर्न राजी भएको गौतमको भनाइ छ l उनी भन्छिन्'मैले लामो समयदेखि यस्तै कथाको प्रतीक्षा गरिरहेको थिएँ। फिल्म 'घुइँचो' मा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ।’ विभिन्न कारणले गर्दा घिन्ताङ त्यागेकी गौतमले फिल्म अनुराग बाट ठुलो पर्दामा पाइला राखेकी थिइन् l फिल्मको निर्मातामा दैलेखी रहेका छन् l