पल्पसा डंगोल उर्फ 'चम्सुरी' हाँस्य सिरियल‘मेरी बास्सै’मा पुनः फर्किएकी छिन्। मिर्गौलामा समस्या देखिए पछि अस्पताल भर्ना भएको लामो अन्तराल पछि उनी सिरियलको सेटमा फर्किएकी हुन् l लामो समय पछि सेटमा आउन पाउँदा खुसी भएको  पल्पसाले बताएकी छिन् l उनी भन्छिन् 'अब देखि दर्शकले मलाई फेरी मेरी बास्सैमा देख्न पाउनु हुने छ l सबैको न्यानो स्वागत र मायाले अझै हौसला मिलेको छ। मिर्गौलामा समस्या देखिएपछि उनी गत ज्येष्ठमा अस्पताल भर्ना भएकी थिइन् l दुबै मिर्गौला फेल्ल भए पछि अस्पतालको बिस्तारामा थालिएकी उनको आउने माघमा मिर्गौला प्रत्यारोपण हुने छ l