नेपाली फिल्म ‘प्रेम गीत–३’ को भारतको प्रदर्शन राइट बिक्री भएको छ l मोटो रकम सहित भारतीय बजारले सन्तोषको प्रेम गीतलाई किनेको हो l सन्तोषको अनुसार फिल्मलाई ‘इम्पोसिबल फिल्म्स’ भारतले चार करोड भारतीय रुपैयाँमा खरिद गरेको हो l उक्त कम्पनीले सन्तोषलाई बाँकी फाइदाको ३० प्रतिशत रकम उपलब्ध गराउने छ । साथै अब भारतका थिएटर र ओटिटिको एमजीमार्फत प्रेम गीत प्रदर्शन हुने छ l यस फिल्म निर्देशक तथा निर्माता सन्तोषको महत्वकांंक्षी प्रोजेक्ट हो l फिल्ममा अभिनेता प्रदीप खड्का, डेब्यु नायिका क्रिस्टिना गुरुङ , सुनिल थापा लगायत कलाकारहरूको अभिनय रहेको छ l नेपालमा पोहोर साल नै प्रदर्शनमा ल्याउने तयारी रहेको यस फिल्मलाई निर्माण टिमले बढ्दो लकडाउनका कारण फिल्मलाई रिलिज पेन्डिङमा राखेका छन् l