पूर्व मिस नेपाल इशानी श्रेष्ठ वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । गत सोमबार काठमान्डौ स्थित पाँच तारे होटेलमा तरुण शाह सँग उनले औँठी साटेकी हुन् l औँठी साटेको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले आफू विवाह बन्धनमा बाँधिन लागेको उल्लेख गरेकी हुन् l तरुण व्यापारी तथा उद्यमी विश्वनाथप्रसाद शाहका छोरा हुन् l तरुणले सेफर्ड कलेज, ट्रिटन कलेज, शुभ श्री कलेज सञ्चालन गर्दै आएका छन् । डिसेम्बर २१ तारिख अर्थात् पुस ६ गते यी दुईको विवाह मिति लक् गरिएको छ l