पछिल्लो समय गायक गायिकालाई ठुलो पर्दाको मोह लाग्न थालेको छ l गायक प्रकाश सपुतले ठुलो पर्दामा आफूलाई धकले पछि अहिले उनकै सिको गर्नेको कमी छैन l यसो त गायकहरूलाई ठुलो पर्दामा खेल्ने इछ्या नभएता पनि फिल्म निर्माता निर्देशकले भने दर्शकलाई नयाँ स्वाद दिन हो या स्क्रिप्टले नमागेता पनि सस्तो प्रचारका लागि भएपनी फिल्मको अफर गर्ने गरेका छन् l यही अफरको फन्दामा परेका छन् युवा पुस्तामा लोकप्रिय गायक प्रमोद खरेल l बुझिए अनुसार उनलाई फिल्म खेलाउने निर्माता निर्देशकको जमात बढ्दो छ रे l उक्त खबर लाई गायक खरेलले पनि एक अन्तरवार्तामा बताएका छन् l ‘म विना पोखरामा’ गीतपछि दर्शकमाझ चिनिएका उनले एक हजारभन्दा बढी गीत गाइसकेका छन् । केही नेपाली फिल्मका गीतमा पनि उनको आवाज सुन्न सकिन्छ । सोही गीतले चर्चामा ल्याएपछि उनलाई फिल्मको बाक्लो अफर आएको हो l हालसम्म आफूले ६/७ वटा फिल्मको स्क्रिप्ट पढेको तर कुनैबाट चित्त नबुझेको बताए । उनी आफूलाई सुहाउने खालको स्क्रिप्टबाट अफर आएको अवस्थामा फिल्ममा काम गर्ने बताउँछन् । तर, उनलाई कमर्सियल फिल्ममा काम गर्ने इच्छा नै छैन । साथै,उनी भन्छन्, ‘त्यो स्क्रिप्टले प्रमोद खरेल मात्र खोज्यो भने फिल्म गर्छु । तर, बजारमा देखिरहेका कमर्सियल फिल्म भने मबाट हुँदैन ।