केही समय अघि छायाँकन सकाएको चलचित्र ‘मिस्टर झोले’को पहिलो पोस्टर सार्वजनिक भएको छ । ‘मिस्टर झोले’ निर्देशक रामबावु गुरुङले आफ्नो फेसबुक मार्फत चलचित्रको पोस्टरको साथै प्रदर्शन मिति सार्वजनिक गरेका थिए । पहिलो पोस्टरमा दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्धि तामाङ र प्रविन खतिवडाले फिचरिङ गरेका छन् । त्यस्तै पहिलो पोस्टरसँगै ‘ओखती’ बोलको गीतको टिजर पनि सार्वजनिक भएको छ ।
पोस्टर र गीतको टिजरमा नायिका बर्षा राउतको जोडी बुद्धि तामाङसँग देखाइएको छ । टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले निर्माण गरेको चलचित्रको पौष २८ गते प्रदर्शन मिति तोकीएको छ ।