फिल्म 'पर्देशी २' अर्को वर्ष रिलिज हुने भएको छ l दसैँमा रिलिज गर्ने तयारी गरेको यस फिल्मले गत वर्ष नै आफ्नो रिलिज मिति तय गरेको थियो l तर बढ्दो लकडाउनका कारण निर्माण टिमले फिल्मलाई अर्को वर्षको दसैँ रिलिज गर्ने तयारी गरेका हुन् l अर्को वर्षको घटस्थापना वा फूलपातीमा फिल्म प्रदर्शन हुनेछ । नारायण रायमाझीले निर्देशन गरेको यो फिल्म २०१५ मा आएको सुपर हिट फिल्म ‘परदेशी’ को सिक्वेल हो । फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ । यही फिल्मबाट गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्न लागेका हुन् । फिल्मको कथा रमेश बिजीको रहेको छ l फिल्ममा प्रकाशको अलावा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लू लगायतको अभिनय रहेको छ ।