फरक कथा बस्तु समेटेर फिल्म बनाउन माहिर रहेका निर्माता हुन् मिलन चाम्स l कहिले एक्सन , प्रेम लगायत फरक कथा समेटेर फिल्म घोषणा गर्ने चाम्सले अब नयाँ फिल्म बनाउने घोषणा गरेका हुन् l सो फिल्म एक फूट्बल खेलाडीको जीवनीमा आधारित रहेर निर्माण हुन लागेको हो l कुमार श्रेष्ठको निर्माण रहने फिल्मको वर्किङ टाइटल ‘एन्जिला’ राखिएको छ । राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा फिल्म बन्ने भएको हो । एन्जिलाको पूर्वाञ्चल क्षेत्रीय टोलीको गोलरक्षकदेखि राष्ट्रिय फुटबल टोलीको गोलकिपरसम्मको यात्रालाई देखाइनेछ । बजारमा हल्ला चले अनुसार फिल्ममा दयाहाङ राई र सिर्जना सुब्बा मुख्य भूमिकामा देखिँदै छन् । यो फिल्ममा एन्जिलाले पनि अभिनय गर्न सक्ने प्रबल सम्भावना रहेको बुझिएको छ । यम थापाले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । फिल्मको छायांकन अर्को वर्ष बाट सुरु हुने छ l