माग्ने बुढा र दिपाश्री निरौलाको अभिनयमा म्युजिक भिडियो 'कति बस्छौ माइतीकै कौसिमा' सार्वजनिक गरिएको छ l वरिष्ठ गायक राम थापाले गाएको सफल उक्त गीतलाई नयाँ भर्सनमा निकालिएको हो l नयाँ भर्सनमा गायिका अन्जु पन्त र गायक हिमाल श्रेष्ठले स्वर दिएका छन् ।
मुरारी प्रसाद लामिछानेको शब्द तथा संगीत रहेको गीतलाई युवा संगीतकार भीम विष्टले नयाँ स्वरूप दिएका हुन् l भिडियोमा दिपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोलाई युट्युब च्यानल म्युजिक नेपाल बाट हेर्न सकिन्छ l