नायिका पूजा शर्मा फिचर्ड म्युजिक भिडियो ‘रित्तो रित्तो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रोशन अधिकारीले आवाज दिएका छन्  अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्दमा गीत तयार पारिएको हो l

विधान कार्कीको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ । अभिनयमा पूजालाई गायक अधिकारीले साथ दिएका छन् l  भिडियोलाई युट्युब च्यानल द डिभाइन म्युजिक मार्फत हेर्न सकिन्छ l