युट्युब च्यानल ओे एस् आर डिजिटल मार्फत नाजिर हुसेन र स्वस्तिमा खड्का अभिनीत म्युजिक भिडियो 'हाम्रो माया' रिलिज गरिएको छ l हास्य कलाकार हरिवंश आचार्यका सुपुत्र मोहित आचार्य र गायिका मेलिना मैनालीको आवाजमा गीत निकालिएको हो l

गीतको शब्द दिनेश थपलियाले कोरेका हुन् भने संगीत भर्ने काम दीपक शर्माले गरेका छन् l गीतको एरेन्ज योगेश काजीको रहेको छ l शान थापाको निर्देशनमा बनेको भिडियोको दृश्य कैद अर्जुन तिवारीले गरेका हुन् l सुप्रिम पराजुलीको सम्पादन भिडियोमा समावेश छ l