एकै दिन दुई रियालिटी शोको घोषणा भएको छ l ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए ४’ l काठमाडौँको एक पाँच तारे होटेलमा भव्य कार्यक्रमको आयोजना गर्दै सो घोषणा गरिएको हो l अमेरिका र क्यानडामा रहेको नेपाली भाषीहरूलाई लक्षित गर्दै उक्त सो निर्माण हुने भएको छ l यो दुवै रियालिटी शोेलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्न लागेको हो lयो फाउन्डेसनले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्ता समेत उपलब्ध गराउँदै आएको छ । सो को लागि निर्णायक पनि फाइनल भइसकेका छन् l ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । यस्तै, ‘मेरो डान्स कप यूएसए ४’को निर्णायकमा भने अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, अभिनेत्री केकी अधिकारी र नरमान राई रहेका छन् । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो सुरु गर्ने जानकारी दिएका हुन् ।