नायक पल शाह नयाँ फिल्ममा अनुबन्धित भएका छन् । फिल्म नामा नखुलाइएता पनि पल् भने पक्क भएको फिल्म निर्माता करण सिंहले बताएका हुन् l पल र करणबिच बिहीबार फिल्म खेल्ने सम्झौता भएको हो । आरकेएस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा करणकै रहेको छ l फिल्मको छायांकन माघको अन्तिम साताबाट सुरु हुनेछ । फिल्ममा पलको नाम मात्र खोलिएको हो l नायिका र अन्य कलाकार तथा प्राविधिक समूहको छनोट कार्य भइरहेको बताए । यो फिल्म लभ स्टोरीमा आधारित रहने छ l