गायक आशिष् सचिनको आवाजमा ‘झ्याइँ झ्याइँ पन्चे बाजा’ बोलको गीत रिलिज गरिएको छ l आशिष्लाई स्वरमा ऋतिका श्रेष्ठले साथ दिएकी छिन् । शडी योगीको संगीत रहेको गीतमा महेश आचार्यका शब्द छ l भिडियोमा आशिष् र आँचलसँगै जेरी भण्डारीले पनि अभिनय गरेकी छिन् ।

भिडियोको छायाँकन नवराज उप्रेतीको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । वियोन्डको कथा र निर्देशन रहेको गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।