पछिल्लो समय गायनमा आधारित रहेको रियालिटी सो नेपाल आइडल चर्चामा छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । नेपाल आइडल जति लोकप्रिय बनिरहेको छ त्यसमा टप १८ मा पुगेका प्रतियोगीहरु पनि लोकप्रिय छन् । अहिले प्रतियोगितामा चार प्रतिष्पर्धी बाँकी रहेका छन् । चर्चासँगै विवादित पनि उत्तिकै बनिरहेको नेपाल आइडलको फिनाले भने कतारमा हुने आयोजकले जनाएको छ । केही दिन देखि नेपाल आइडल अझ विवादित बनिरहेको छ । खासमा गत हप्ता अतिथि निर्णायकका रुपमा आएका गायक रामकृष्ण ढकालले कुनै प्रतियोगीलाई मात्रै समर्थन गरेको भन्दै सामाजिक सञ्जालमा तिब्र आलोचना भयो ।

 

ढकालले पनि आफुले राम्रो गाउनेलाई साथ दिएको बताएका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताले ढकालले जातिय भेदभाव गरेको भन्दै गाली गलौजको बर्षा गरेको थिए । यसैमा नेपाल आइडल आयोजकले कुनै जात तथा समुदायलाई केन्द्रित गरेर कुनै पनि जात तथा समुदायको प्रतियोगीले जित्नु पर्छ भन्ने अभिव्यक्ति समाजिक सञ्जालमा देखिएमा सम्बन्धित प्रतियोगीलाई प्रतियोगीताबाट खारेज गर्ने चेतावनी दिएको छ । 
नेपाल आइडल आयोजकले फेसबुकमा लेखेको स्टाटस :

नेपाल अाइडल एक अन्तराष्ट्रिय शो हो, यसको आफ्नै नियम र तरिका हुन्छ । अरू पर्दा ठीक, आफु पर्दा बेठीक र आफ्नो जात, धर्म अनि समुदायको हुदा ठीक अरूको हुदा बेठीक भनि यसको दुष्प्रचार गरेर यसमा भएका देशकै आईडलहरुलाई एक समुदाय वा एक जातीमामात्र सीमित गर्ने अधिकार कसैलाई छैन । यदि कुनै प्रतियोगी वा प्रतियोगिको सम्बन्धितले त्यस्तो गरेमा सो प्रतीयोगीको दावेदारी खारेज हुन सक्छ यदि त्यस्तो हुन गएमा त्यसको जिम्मेवारी कसले लिने ? भोटिगं विशुद्द हुन्छ, त्यहि नै यसको सुन्दरता हो । कसैको सनक र अरण्ड्य रोदनको भरमा फ्रेम्यान्टल मिडिया लिमिटेड ले नेपालका लागि भनेर यसको फरमेट र त्यसले तोकेको नियम परिवर्तन गर्न सक्दैन, त्यसैले शोमा विवादित गराएर यदि ती प्रतिभालाइ असर पर्ने भयो भने यति दुख गरेर सफलताको यो शिखरसम्म पुगेका नेपाल आमाका यी उत्कृष्ट सन्ततीकोहरुको पीडाको भागीदार को बन्ने ? त्यसैले शो को मजा लिऔं, मन पर्नेलाई भोट गरौ, जिताऔं, नेपाल आईडलको गरिमालाई कुनै एक जाती वा समुदायमा नखुम्चाऔ । एपी वान र नेपाल आईडलका लागि सबै प्रतियोगीहरू एकसमान छन् र रहनेछन् ।