‘चपली हाइट ३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रम गरी निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेका हुन् l २ मिनेट ३६ सेकेन्डको उक्त ट्रेलरमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा देखाइएको छ l अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको फिल्म क्राइम थ्रिलर जनरामा बनेको हो ।
फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् । ट्रेलरमा देखाइएका अलावा फिल्ममा प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेतको मुख्य भूमिका रहेको छ l पुस २ गतेलाई फिल्मले आफ्नो रिलिज मिति तय गरेको छ l