नेपाली सिने जगतमा अभिनेता अभिनेत्री बिच प्रेम सम्बन्ध टुट्नु र जोड्नु भनेको ठुलो कुरा भने हैन l तर पब्लिक फिगर बनेका ब्यक्तिवहरुको हरेक कुराका जानकारी भने सम्प्रेषण भइनै रहन्छ र भइरहनु पर्छ भन्ने पनि मान्यता छ l प्रसँग रह्यो नायिका नम्रता श्रेष्ठको l अहिले उनी सिङ्गल लाइफ रक्स भने अर्थलाई फलो गरी रहेकी छिन् l प्रेमी दावा स्टिभन शेर्पाको चारवर्षदेखिको रिलेसन सीप टुंगिएको छ । सोही कारणले पनि अहिले उनलाई एक्लो जिन्दगी नै रमाइलो हुदोरहेछ भन्ने लागि रहेको छ l केही महिना अघि उनको प्रेम सम्बन्धमा कसैको नजर लागेको हो l उक्त कुरालाई उनकै नजिकका व्यक्तिहरूले बताएका हुन् l हल्ला अनुसार उनले ‘जहिलेसम्म हामी एक अर्कामा कम्फर्टेबल थियौँ, हामी सँगै थियौँ’ , ‘कम्फर्टेबल नभएपछि हामी अलग भएका छौँ ।’ भने कुरा ओकलेकी हुन् भनेर अहिले बजारमा हल्ला चल्न थालेको छ l दावा स्टिभन शेर्पा पर्यटन व्यवसायी पनि हुन् l यी दुई चाडै नै विवाह गर्ने तयारीमा पनि थिए रे !